
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले बीपी कोइरालाको विचार बेचिसकेको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सांसद शाहीले संसद्मा एक जनाले बोलेमात्रै सुन्नुपर्छु भन्ने बीपीको विचार कांग्रेसले बेचेको भान भएको टिप्पणी गरे ।
भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरूले लामो समयदेखि आन्दोलन गरिरहेको भए पनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसको सरकार छ भन्दा पनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो, प्रजातन्त्रको वकालत गर्छौं भन्नेहरूले संसद्मा एक जनामात्रै छ भने पनि उसको आजाव सुन्नुपर्छ भन्ने बीपी कोइरालालाई कांग्रेसले बेच्योजस्तो लाग्यो मलाई, उनले भने ।
उनले अगाडि भने, हामीले कयौँ दिनदेखि संसद्मा भिजिट भिसा प्रकरणबारे आजाव उठाइरहेका छौँ । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारका विरुद्धमा गरेको गतिविधि होइन । यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसद्मात्र होइन, सडकबाट पनि हुन्छ याद राख्नुहोला।


















