
धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ।
गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।
दुइटा शव भेटिएको छ। अनुसन्धान भइरहेको छ, उनले भने।


















