Skip

Hamro Sanchar

बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर काम गरिरहेका मजदुरको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २३ गते


Advertisement

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीकै रामगोपालपुर–५ बस्ने ३२ वर्षीय छटु मुखिया रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए।

औरही नपा–७ भोयल निम्किया गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेको बेला आइतबार साँझ बिजुलीको तार चुँडिएर छटुको शरीरमा खस्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रत्यक्षदर्शी रोशनकुमार यादवले बताए।

स्थानीय तथा पीडित परिवारले विद्युत् प्राधिकरणको लापरबाहीको कारण घटना घटेको आरोप लगाएका छन्।

प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तथा शवपरीक्षणका लागि अस्पताल पठाएको छ।


प्रतिकृया दिनुहोस्