Skip

Hamro Sanchar

द्वन्द्वकालीन मुद्दा समाधान गर्दा पीडितहरूलाई न्याय सुनिश्चितता गर्छु : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १६ गते


कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका-५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ ।

कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष प्रचण्डसामु खुलस्त राखेका थिए।

अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न पार्टीको तर्फबाट निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा स्थानीय नेताहरू, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्