Hamro Sanchar

शिक्षक आन्दोलमा माओवादी केन्द्रले जनायो ऐक्यबद्धता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १५ गते


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको भर्त्सना गरे ।

उनले आन्दोलनका क्रममा घाइते भएका शिक्षक लगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


प्रतिकृया दिनुहोस्