
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
उपत्यकाका विभिन्न स्थानबाट १० वटा दमकल त्यसतर्फ लागेको छ, तर अहिलेसम्म नपुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट वरपरको बस्ती प्रभावित हुने सम्भावनाका कारण स्थानीयवासीलाई सुरक्षित रहन प्रहरीले चेतावनी जारी गरेको छ ।