Skip

Hamro Sanchar

सांसदको प्रस्ताव : तिनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाएर सोधपुछ गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव गरेका छन् ।

ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् ।

कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए।

‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ ।निजि सम्पतिमा क्षति पुगेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ ।


प्रतिकृया दिनुहोस्