Skip

Hamro Sanchar

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो : साढे ११ बजेको फ्लाइटमा चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ।

भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

उनलाई नेपाल ल्याउन लागिएपछि उनका आफन्त र शुभेच्छुक बिहानै मेची पुलमा भेला भएका छन्। साथै त्यहाँ प्रहरी पनि तैनाथ भएका छन् । समर्थकलाई प्रहरीले तितरबितर पारिरहेको छ।

यस्तै प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ ।

प्रहरीका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

 

 


प्रतिकृया दिनुहोस्