
काठमाडौं । भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ।
दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने जानकारी दिएकम छन् ।
त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्।
त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी भएको छ ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन् ।


















