Skip

Hamro Sanchar

पार्टीको सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली आज बुटवल जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्।

नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लागेका हुन्।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे सभालाई सम्बोधन कार्यक्रम रहेको जनाएको छ।

बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार भन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रुपन्देहीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्