Skip

Hamro Sanchar

आफू प्रमुख अतिथि भएको कार्यक्रमलाई बेवास्ता गरेको भन्दै राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । ऊर्ज, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।

आचार्यले पदीय आचरण विपरीत काम गरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

उक्त कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ ।

कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताएका छन् ।

सचिव आचार्यलाई निजामती सेवा २०५९, को दफा ५९ बमोजिम कारबाही किन गर्ने भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको छ ।


प्रतिकृया दिनुहोस्