Skip

Hamro Sanchar

पूरै सडक कब्जा गरेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २७ गते


काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरुले माइतीघर- बबरमहल सडकको तीन लेन नै कब्जा गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।

प्रहरीसँग समन्वय गरेर बीचको एक लेनबाट प्रदर्शन गर्दै आएका थिए । तर आज शिक्षकहरुले सुरुदेखि नै तीन लेनको सडक कब्जा गर्न खोज्दा प्रहरीहरुसँग घम्साघम्सी परेको हो ।

अहिले शिक्षकहरुले तीन लेन नै कब्जा गरेर प्रदर्शन गरिरहेका छन् भने सवारी साधनलाई करिडोरको बाटो डाइभर्ट गरिएको छ ।

यसअघि शिक्षकहरुले बीचको लाइनमा प्रदर्शन गरेर दुबै साडइमा सवारी साधन गुड्न दिइएको थियो ।


प्रतिकृया दिनुहोस्