Hamro Sanchar

गगन थापा भन्छन् : कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले पार्टी महाधिवेशन कुनै पनि बहानामा सार्न नमिल्ने बताए ।

‘कुनै पार्टीसँग एकता गरेको नाममा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छ,’ उनले भने ।

महामन्त्री थापाले कुनै पार्टीसँग एकता गरेर बहानाबाजी गर्दै महाधिवेशन सार्न नमिल्ने तर्क गरे ।

‘कांग्रेसले अरू पार्टीसँग एकता गरेर महाधिवेशन सार्छु भन्न नयाँ पार्टी बनाउनुपर्छ । चार तारे झन्डा र रुख चुनाव चिह्न भएको कांग्रेसले मिल्दैन,’ उनले भने, ‘कांग्रेसमा नेपाली कांग्रेस बीपी वा तमलोपा नेपाली कांग्रेसमा मिसिंदैमा महाधिवेशन सार्न मिल्दैन ।’

उनले कांग्रेस महाधिवेशनसँगै समयमै चुनाव पनि हुने जिकिर गरे । ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ र २०८४ को वैशाखमा निर्वाचन हुन्छ,’ उनले भने ।

उनले नेता कार्यकर्तालाई सर्वदलीय र गठबन्धन मानसिकताबाट बाहिर निस्कन निर्देशन दिए


प्रतिकृया दिनुहोस्