काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ ।...
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो । लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् । ...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको हो । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा विशेष महाधिवेशन पक्षधरको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।...