
काठमाडौं, पुस १५- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मिलन चोकमा नेकपा (एमाले)को वडा कार्यालय उद्घाटन गरिएको छ ।
संबिधानसभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा वडा कमिटीले नयाँ कार्यालयको उद्घाटन संचालन गरेको हो ।
यसअघि कमिटीको कार्यालय सृजना टोलमा रहेको थियो । तर सबैलाई पायक पर्ने र बढी चहलपहल हुने मिलन चोकमा कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष उमेश अधिकारीले बताए ।
कार्यक्रममा, केन्द्रिय कमिटी सदस्य सरिता न्यौपाने, एमाले नेता मणिराम फुयाल, अन्य प्रदेश कमिटी सदस्यहरु लगायत एमाले प्रति आस्था राख्ने स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मिलनचोकमा कार्यालय संचालन भएसँगै पार्टी कमिटीका गतिबिधि थप बढ्ने र स्थानीय नेता कार्यकर्ता कार्यालयमा एकीकृत हुन सहज हुने वडा कमिटीले विश्वास गरेको छ ।




















