Skip

Hamro Sanchar

एमाले सचिवालय बैठक बस्दै : ओलीको चीन भ्रमण र उपनिर्वाचनबारे छलफल हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २५ गते


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।


प्रतिकृया दिनुहोस्