
सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको ।
मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकै जीपत गएराती जीप दुर्घटना भएको थियो।
कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको उनले बताए ।
दुर्घटनामा लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

















