Hamro Sanchar

प्रचण्डले बोलाए पदाधिकारी बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १९ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

भोलि (बिहीबार)बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।

अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो ।

पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।


प्रतिकृया दिनुहोस्