Hamro Sanchar

चिनियाँ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन : प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् ।

चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राखेका हुन् ।

‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ । लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन ।’

चीन प्रविधिको विकासमा संसारमै अगाडि छ । कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको विकासमा चीन निरन्तर अगाडि बढिरहेको छ ।

चीनले संसारकै विशाल फाइभजी नेटवर्क स्थापना गरिसकेको छ । सूचना एवं सञ्चार प्रविधिमा प्रगसत गर्दै अगाडि बढिरहेको देश हो चीन । तर, जति प्रविधिको विकास भएता पनि त्यो मानिसको रोजगारी खोस्नेतिर केन्द्रित हुन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्