Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रकाशमान सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १७ गते


Advertisement

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि राष्ट्रपतिले उनको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य गर्नका लागि संविधान बमोजिम सिंहलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्