Hamro Sanchar

गाडीको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १६ गते


जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरी लक्ष्मण यादवको मृत्यु भएको हो ।

टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्