काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलको संयन्त्रमा रहेका नेताहरूबीच छलफल भएको हो।
दिउँसो साढे १ बजेदेखि दुई घन्टा भएको बैठकमा बिआरआईबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बैठकमा संयन्त्रले गरेको काम र यसको भूमिकाबारे कांग्रेस महामन्त्री गगन थापाले ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। त्यसअघि सत्तासाझेदार दुई दलबीच बिआरआईबारे छलफल भएको हो।
चीन भ्रमणबाट फर्केकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले सहमतिमै बिआरआई अघि बढ्ने बताएकी थिइन्