Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस सभापति देउवाको घर अगाडि बम राख्ने व्यक्ति पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १५ गते


Advertisement

कैलाली । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन्

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भदौ ९ गते बम राखेको आरोपमा झन्डै तीन महिना पछि धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले जानकारी दिए ।

‘ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा ९बहुमत० का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो ’ प्रहरी उपरीक्षक बिष्टले भने, ‘पक्राउ पछि म्याद थप समेत भइसकेको छ ।


प्रतिकृया दिनुहोस्