काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा आजको बयान सकिएको छ ।
आइतबार बयानलाई निरन्तरता दिइने सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार आइतबार बयान सक्ने तयारी छ । आजको बयानपछि रविलाई सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट सुटुक्क निकालिएको थियो ।
बाहिर रास्वपा कार्यकर्ताहरु भेला भए पनि उनीहरूले रविको अनुहार देख्न पाएनन् ।