काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
आज काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
सुमो झण्डै ५ सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।