Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ : कांग्रेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्।

कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे।

उनले भने, विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं। चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन।

उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिने आग्रह गरे।

उनले थपे, विआरआइको कुरा भइरहेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाको कुरा पनि हुनुहुन्न भन्ने हाम्रो कुरा हो। विआरआइ अन्र्तगत नै अनुदान कार्यान्वयन गरे भयो ऋण लिनुहुन्न भनेका हौं ।


प्रतिकृया दिनुहोस्