Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेको र्‍याली जागरणसभामा परिणत : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौँको भद्रकालीबाट सुरु गरेको र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ स् तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा लगाइएका थिए।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ।

सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे।

सभामा विभिन्न स्थानबाट र्‍याली याली आउने क्रम जारी छ। सभालाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्