Hamro Sanchar

दार्चुलामा भएको जीप दुर्घटनामा परि ७ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ३० गते


Advertisement

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतकहरुमध्ये ६ जनाको सनाखत पनि भएको छ।

शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप आज बिहान करिब चार बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

अर्का एक मृतकको भने सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो ।


प्रतिकृया दिनुहोस्