काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार रविसँग बयान लिइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मंलबार कास्कीबाट रुपन्देही ल्याएको थियो । रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो ।
सम्भव भएसम्म बुद्ध एयरबाट रविलाई बिहीबार नै पोखारा लैजाने प्रहरीले तयारी गरेको छ ।