काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन्।
मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई वर्षीय छोरा छन् ।
कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।
मृतक सीताका श्रीमान् कान्छा नगरकोटीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।