Hamro Sanchar

धितोपत्र बोर्ड अध्यक्षका आकांक्षी ३ जनालाई फेरि अन्तर्वार्तामा बोलाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनालाई पुनः अन्तर्वार्तामा बोलाइएको छ ।

अध्यक्ष सिफारिस समितिले उनीहरूलाई पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो ।

समितिले उनीहरूलाई आउँदो मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा। शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो ।

पहिलोपटक र दोस्रोपल्ट नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण ९तत्कालीन बिमा समिति०का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् ।

उनीहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनोटमा समस्या आएको थियो । यी तीनजनालाई सिफासिस समितिले पुनः सूचना निकालेर अन्तर्वार्तामा बोलाएको छ ।


प्रतिकृया दिनुहोस्