Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मध्यक्रमका ब्याटर आरिफलाई १५ लाखमा सुदूरपश्चिमले पायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले पाएको छ ।

उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।

मध्यक्रमका भरपर्दा ब्याटर आरिफ अनुभवीसँगै मध्य गतिमा बलिङ पनि गर्ने गर्छन् ।

नेपालको ओडीआई टोलीमा निरन्तर रहेपनि टी-२० आई टिममा स्थान बनाउन भने संघर्ष गर्ने गर्दछन् । तर घरेलु क्रिकेटमा उनले टी-२० मा राम्रो प्रभाव छाड्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्