Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली, देउवा र प्रचण्डले देशलाई बिगारे : राजेन्द्र लिङदेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् ।

केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूला दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए ।

राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्षभित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने उनले बताए । अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको बिगबिगी रहेको पनि बताए ।

उनले भने, ‘२०४६ सालदेखि अहिलेसम्म यो झन्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा १८ महिना शासन चलाएकोबाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ रु प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि कसले चलाएको छ देश रु यही कांग्रेस, यही एमाले, यही माओवादीहरुले देश चलाएका छन् र बितेर गएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारीबाहेक त्यही केपी ओली, त्यही प्रचण्ड र त्यही शेरबहादुर देउवाको नेतृत्वमा यो देश चलिराखेको छ । ३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो रु उनीहरु जसरी सत्ताका लागि प्रमुख दलहरु अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन्, तर तपाईको भविष्यको लागि, देशभित्र नै रोजगारी सृजना गर्न उनीहरु मिल्न सक्दैन थिए । युवाहरुलाई यही देशमा बस्नसक्ने वातावरण बनाउन सकिने थिएन होला । म आज दाबी साथ भन्छु-राप्रपा जस्तो पार्टीले देश चलाउन पाउने हो भने ५ वर्षभित्रमा देख्न सकिने र १० वर्षभित्रमा भोग्न पाउने वातावरण निर्माण गर्न सकिनेछ । विदेश जाने सबैलाई रोक्न सकिनेछ त भन्दिनँ, तर ५ देखि १० वर्षभित्रमा ४०(५० हजार तलबका लागि कुनै पनि युवाले विदेश जान नपर्ने परिस्थिति यही देशमा निर्माण गर्न सकिन्छ र हाम्रा कुनै पनि विद्यार्थीहरुले राम्रो विषय पढ्न, गुणस्तरीय शिक्षाका लागि विदेश जाने होइन । आज जसरी बंगलादेशमा डाक्टर पढ्न हाम्रा विद्यार्थीहरु गइराखेका छन् । नेपालको डाक्टर पढ्न बंगलादेशी र भारतीयहरुलाई नेपालमा व्यवस्था मिलाउन सकिन्छ ।’

देश राजनीतिले नै बनाउने भन्दै अध्यक्ष लिङद्नले थपे, ‘आज देश बनेको छैन । राजनीतिमा भ्रष्ट र बेइमानहरुको बिगबिगी छ र आज भ्रष्टाचारीहरुले देशमा सिन्डिकेट खडा गरेर राखेका छन् ।


प्रतिकृया दिनुहोस्