Hamro Sanchar

बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १४ गते


Advertisement

काठमाडौं, जेठ १४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री दाहालले बालुवाटारस्थित निवासमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरु समेत छन् ।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजक समेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् ।

यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् । रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाको असहमति छ ।

 


प्रतिकृया दिनुहोस्