Hamro Sanchar

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

विराटनगर, बैशाख ३१- नेकपा (एकीकृत समाजवादी)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले यसअघि कार्कीलाई विश्वासको मत नदिने जनाएको थियो ।

केन्द्रीय नेताहरूको निर्देशनपछि उक्त पार्टीका प्रदेशसभा सदस्यले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका बताइएको छ ।

प्रदेशसभाको बैठक आजका निम्ति तय छ । बजेट अधिवेशन सुरु हुने दिन नै कार्कीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका छन् ।


प्रतिकृया दिनुहोस्