
काठमाडौँ, बैशाख २२- काठमाडौँको ठमेलमा एक किशोरी माथि बलात्कार भएको छ । वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै किशोरीले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् ।
१९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । ती किशोरीलाई ठमेलको सञ्चयकोश भवन नजिकैको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । आरोपी शर्मा नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।
४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।













