Hamro Sanchar

गृहमन्त्री लामिछाने विरुद्ध चौतर्फी हमला, नेकपा मालेले लगायो गम्भीर आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ११ गते


Advertisement

काठमाडौँ, चैत ११- गृहमन्त्री रवि लामिछाने विरुद्ध चौतर्फी आलोचना भईरहेको बेला नेकपा मालेले पनि उनि विरुद्ध गम्भीर आरोप लगाएको छ ।

गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरेको आरोप लगाएको हो । चैत ९ गते बसेको सो पार्टीको स्थायी समिति बैठकले सो आरोप लगाएको हो ।

सो पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी बैठकको निर्णयमा भनिएको छ : ‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ । यो निन्दनीय छ ।’

बैठकले मुलुकमा देखिएका जल्दाबल्दा समस्याहरूलाई तत्कालै सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।

 


प्रतिकृया दिनुहोस्