Hamro Sanchar

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : कांग्रेस नेता कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १० गते


Advertisement

काठमाडौं, चैत १०- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।

सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए । उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।


प्रतिकृया दिनुहोस्