Hamro Sanchar

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २ गते


Advertisement

काठमाडौं, चैत २- सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिवेदनको गम्भीर अध्ययन गरिने बताइन् ।

‘जाँचबुझ आयोगले चैत १ गते बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने निर्णय भएको छ,’ उनले भनिन् ।

उनले सुन तस्करी प्रकरणमा दोषी देखिएका जोकोहीलाई कारबाही गर्ने बताइन् । ‘पहिले प्रतिवेदन अध्ययन गर्नुपर्‍यो । सरकारको नीति नै दोषी कोही पनि छुट्नुहुन्न र निर्दोष कोही पर्नु हुन्न भन्ने छ । दोषी देखिएका सबैलाई कारबाही हुन्छ,’ उनले भनिन् ।


प्रतिकृया दिनुहोस्