Skip

Hamro Sanchar

महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेका एक पुरुष विमानस्थलबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ५ गते


काठमाडौं, पुस ५- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिलाको हत्यापछि फरार रहेका एक पुरुषलाई प्रकाउ परेका छन् ।

मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो । टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो ।

उनको हत्या भएको ६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले आरोपी अर्घाखाँचीको शितगंगा नगरपालिका-१४ की ३७ वर्षीय जगत विश्वकर्मालाई पक्राउ गरेको हो ।

यो घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने कारागारमै रहेको प्रहरीको भनाइ छ । नाम परिवर्तन गरी बसेका उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएर केन्‍द्रीय कारागारमा छन् ।

चोरी मुद्दामा पक्राउ परेपछि आफ्नो नाम अर्जुन अधिकारी भनेर उनले भनेका थिए । यो घटनामा पनि आफ्नो संलग्नता नभएको भन्दै अस्वीकार गर्दै आएका उनले विश्वकर्मा पक्राउ परेपछि भने स्वीकार गरेका हुन्र ।


प्रतिकृया दिनुहोस्