
काठमाडौं, मङ्सिर २६- ख्रीस्टियन धर्मगुरु चरीबहादुर (सिबी) गहतराज नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
ख्रीस्टियन महासङ्घले निलम्बन गरिसकेका गहतराजलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भैइरहेकाे प्रहरीले बताएको छ ।
ललितपुर गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो ।
क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो ।


















