काठमाडाैं, जेठ ३२- काठमाडौंको शंखमुलमा चौथो मेलुङ थकाली किचेन खुलेको छ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक तथा युवा व्यवसायी वसन्त लामाले शंखमुलमा चौथो शाखा ‘मेलुङ थकाली किचेन’ संचालनमा ल्याएका हुन् ।
शंखमुलको ‘मेलुङ थकाली किचेन’ बिहिबारबाट संचालनमा आएको हो भने यसअघि राजधानीका बौद्ध, अत्तरखेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालन भैसकेका छन् । यस्तै शुक्रबारबाट भक्तपुरको गठ्ठाघरमा उद्घाटन हुने द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक तथा मेलुङ थकाली किचेनका संचालक लामाले जानकारी दिए ।
मेलुङ थकाली स्पेसलमा, मटन सुकुटी, मटन ह्याकुला, पाँग्रा फ्राई, भुटन, असला झोल/ग्रेभी, ट्राउट झोल/ग्रेभी, बँदेल ग्रेभी, फापरको रोटी र अतिरिक्त टपिंगमा चिकेन ग्रेभी बिग/स्मल, फिस ग्रेभी बिग/स्मल, मटन ग्रेभी बिग/स्मल लगायतका परिकारहरु पाइन्छ भने थाली सेटमा, भेज थाली, चिकेन थाली, फिस थाली, मटन थाली र बँदेल थाली । यस्तै ढिडो र मार्सी सेटमा भेज ढिडो/मार्सी, चिकेन ढिडो/मार्सी, फिस ढिडो/मार्सी, बँदेल ढिडो/मार्सी साथै कञ्चनपा, घिन्टी, राजखानी लगायतका स्पेसल परिकारहरु ग्राहकका मागअनुसार उपलब्ध गराइने संचालक लामाले बताए ।
मेलुङथकाली खानाका पारखीहरुलाई स्वादिष्ट, स्वास्थ्यबर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्यले संचालन गरिएको जानकारी दिँदै संचालक लामाले खानामा स्थानीय स्तरमा उत्पादनलाई विशेष प्राथमिकता दिइने र ग्राहकको माग अनुसार सेवा दिने बताए ।
देशको आर्थिक संकटमा पनि प्रभाव नपरेको द बर्गर हाउसका संस्थापक लामाले पछिल्लो शंखमुलमा खोलेको थकाली किचेनमा पनि ग्राहकहरुको उपस्थिति उल्लेख्य रहेको र सम्पूर्ण परिकारहरु मन पराइरहेका बताए ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका लामाले २०७२ साल चैत ३० गतेबाट सुरु गरेको द बर्गर हाउस छोटो समयमै हाल देशभर १ सय ५० वटा शाखा रहेका छन् भने ३ हजारभन्दा बढीले राेजगारी पाइरहेका छन् । यस्तै कम्पनीमा काम गर्ने कर्मचारीहरुले स्वास्थ्य बिमा, सन्जयकोष लगायतका सुबिधाहरु समेत पाउने गरेका छन् ।
यो पनि पढ्नुहोस्- बर्गर ग्रुपलाइ पब्लिक कम्पनी बनाउने संस्थापक बसन्त लामाको घोषणा