Skip

Hamro Sanchar

बागमती प्रदेशको बैठक सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १४ गते


मकवानपुर, असाेज १४-आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय बैठक अपराह्न १ बजेदेखि सुरु भएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए ।

उनले आजको बैठकमा सरकारी कामकाजको भाषाको व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत हुने र त्यसमाथि सौद्धान्तिक छलफल हुने जानकारी दिए ।


प्रतिकृया दिनुहोस्