Skip

Hamro Sanchar

सुदेश पराजुली एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनीत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २८ गते


काठमाडौं, भदौ २८- अनेरास्ववियूका पुर्व अध्यक्ष सुदेश पराजुली नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टीको भदौ ५-७ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यसँगै विद्यार्थी फ्रयाक्सनको सहइन्चार्जको जिम्मेवारी दिएको हो ।

भदौ १० गते पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व आएसँगै पराजुलीले विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

उनीसहित २१ जनालाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको सो पार्टीले मातहतका कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्