Skip

Hamro Sanchar

राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २८ गते


काठमाडौं, भदौ २८– संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो ।

नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो । अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्येष्टिअघि बालुवाटारबाट शिक्षण अस्पताल-महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशालाहुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।


प्रतिकृया दिनुहोस्