Skip

Hamro Sanchar

आज राष्ट्रियसभाको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २८ गते


काठमाडौं, भदौ २८– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्