Skip

Hamro Sanchar

आजदेखि १५ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्यका लागि चार दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रका अनुसार मंसिर १२ देखि १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

सूचनाअनुसार मंसिर १२ गते पुरानो विमानस्थलअन्तर्गत आलोकनगर, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै, मंसिर १३ गते पुरानो विमानस्थल क्षेत्र, मंसिर १४ गते शंखमूल, धोबीखोला, अल्फाबिटा, बुद्धनगर र बिजुलीबजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

मंसिर १५ गते काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालय र तीनकुने तरकारी बजार आसपासका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् वितरण प्रणाली भूमिगत गर्ने क्रममा स्ट्रक्चर फिटिङ, एचटी केबल राइजिङ, बसबार व्यवस्थापन तथा केबल चार्जिङको काम गर्न लागिएको हो ।

निर्धारित समयअगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ ।


प्रतिकृया दिनुहोस्