१२ मंसिर, काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।
मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार सिन्धुपाल्चोकका सीडीओ शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
त्यस्तै, पर्साका सीडीओ भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा एकदेव अधिकारीलाई जिम्मेवारी दिइएको छ।
यसैगरी गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।


























