Skip

Hamro Sanchar

महाधिवेशनबाट कांग्रेसलाई एकताबद्ध बनाउन शशांक कोइरालाको आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक भएको दाबी गरे।

रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आफूहरू आधिकारिक कांग्रेस भएकाले नियमित महाधिवेशन अघि बढाएको बताए।

उनले २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकासको आधार तयार गरेको उल्लेख गरे।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक विकास र बहुदलीय संसदीय व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

 


प्रतिकृया दिनुहोस्