Skip

Hamro Sanchar

रसुवा बाढीपीडित विद्यार्थीलाई त्रिविको राहत, १६ शीर्षकका शुल्क मिनाहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवा भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीलाई १६ शीर्षकमा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको छ

निर्णयअनुसार बाढी प्रभावित विद्यार्थीले स्थानीय तहको सिफारिसका आधारमा शुल्क छुट पाउनेछन्। यो सुविधा त्रिविमा हाल अध्ययनरत र आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन चाहने विद्यार्थीलाई समेत लागू हुनेछ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी र परीक्षा शुल्कलगायत केही तोकिएका शुल्कबाहेक अन्य शुल्क मिनाहा गरिनेछ।

क्याम्पस प्रवेश, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, छात्रावास, सोधपत्र तथा विविध शीर्षकका शुल्क छुट हुनेछन्।

यो सुविधा रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित विद्यार्थीले पाउनेछन्।

त्रिविका अनुसार शुल्क मिनाहाको व्यवस्था आर्थिक वर्ष २०८३र८४ देखि २०८७र८८ सम्म लागू हुनेछ।


प्रतिकृया दिनुहोस्